चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न

चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन १८ । भक्तपुर मोडर्न इङ्गलिस सेकेण्डरी स्कुल तथा हिसान भक्तपुरको आयोजनामा चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच फागुन १६ र १७ गते सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका छात्र–छात्राबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा पुरुषतर्फको उपाधि काठमाडौँ वर्ल्ड स्कुलले जितेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौँ वर्ल्ड स्कुल प्रथम बनेको हो। उपविजेताको उपाधि सुप्रिम एकेडेमीले हात पारेको छ। पुरुषतर्फ ‘फेयर प्ले अवार्ड’ सिबर्ड इन्टरनेश्नल कलेजलाई प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी महिलातर्फ पनि काठमाडौँ वर्ल्ड स्कुल नै प्रथम भएको छ भने उपविजेता अक्सफोर्ड प्राक्टिकल स्कूल बनेको छ। महिलातर्फको ‘फेयर प्ले अवार्ड’ जनप्रेमी वर्ल्ड स्कुलले प्राप्त गरेको छ। खेलमा काठमाडौँ वर्ल्ड स्कूलकै बेस्ट गोल किपरमा प्रिन्स लामा र सकिला बास्तोला, टप स्कोररमा जेनस तकाछें र रोज मेरी श्रेष्ठ घोषित भए।

समापन कार्यक्रममा हिसान केन्द्रीय अध्यक्ष युवराज शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी हिसानका केन्द्रीय उपाध्यक्ष विरेन्द्र जयना विशेष अतिथि तथा हिसान भक्तपुरका सचिव दिनेश पाण्डे अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा चिकित्सा सेवा मध्यपुर अस्पाताले उपलब्ध गराएको थियो।

विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अन्तरविद्यालय सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको हिसां भक्तपुरका अध्यक्ष अनिल कसपालले जनाएका छन्।

Published Date: 02 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय