बिहिबार नेप्से परिसूचक ६.०३ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ६.०३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १४ । साताको अन्तिम कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ६.०३ अंकले बढेर २ हजार ६५४.९३ बिन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३३५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १३७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ११८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा १ करोड ५३ हजार १४५ कित्ता सेयर ४ अर्ब १७ करोड ४६ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ६.२१ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहको समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, उत्पादनशील, लघुवित्त तथा म्युचुअफ फण्ड समूहको परिसूचक भने ओरालो लागेका छन् ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् तथा हिमस्टार उर्जा कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल डिवेञ्चरका लगानीकर्ता, श्रीनगर एग्रिटेक इन्ड्रस्टीज तथा एनएमवी हाइव्रिड फण्डका लगानीकर्ता रहेका छन् ।

Published Date: 26 February 2026






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न