बिहिबार नेप्से परिसूचक ६.०३ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ६.०३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १४ । साताको अन्तिम कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ६.०३ अंकले बढेर २ हजार ६५४.९३ बिन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३३५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १३७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ११८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा १ करोड ५३ हजार १४५ कित्ता सेयर ४ अर्ब १७ करोड ४६ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ६.२१ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहको समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, उत्पादनशील, लघुवित्त तथा म्युचुअफ फण्ड समूहको परिसूचक भने ओरालो लागेका छन् ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् तथा हिमस्टार उर्जा कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल डिवेञ्चरका लगानीकर्ता, श्रीनगर एग्रिटेक इन्ड्रस्टीज तथा एनएमवी हाइव्रिड फण्डका लगानीकर्ता रहेका छन् ।

Published Date: 26 February 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने