बोडोको ऐतिहासिक जित, साविक उपविजेता इन्टर मिलान बाहिरियो

बोडोको ऐतिहासिक जित, साविक उपविजेता इन्टर मिलान बाहिरियो : Icon Khabar

काठमाडौं, फागुन १३ । नर्वेजियन क्लब बोडो/ग्लिम्टले युइएफए च्याम्पियन्स लिगमा सनसनी मच्चाउँदै साविक उपविजेता इन्टर मिलानलाई हराएर पहिलो पटक अन्तिम १६ मा पुगेको छ।

दोस्रो लेगमा मंगलवार बोडो २-१ ले विजयी भयो । पहिलो लेगमा ३-१ ले जितेको बोडो समग्रमा ५-२ ले अगाडि रह्यो। इन्टरको घरेलु मैदान सान सिरोमा भएको खेलमा बोडो/ग्लिम्टका जेन्स पेट्टर हाउगे नायक बने। उनले एक गोल गरे भने अर्को गोलका लागि पास दिए।

इन्टर च्याम्पियन्स लिगको तीन पटकको विजेता हो। इन्टर सिरिए एमा १० अंकको अग्रतासहित शीर्ष स्थानमा छ। त्यसैले पनि इन्टरलाई नै जितको बलियो दाबेदार मानिएको थियो।

तर बोडो/ग्लिम्टले दोस्रो लेगमा पनि सानदार प्रदर्शनलाई निरन्तरता दियो । यसअघि बोडोले म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडलाई हराइसकेको थियो।

खेलको ५८औं मिनेटमा हाउगेले गोल गर्दै बोडोलाई अग्रता दिलाए। त्यसपछि ७२औं मिनेटमा हाकोन इभ्जेनले अर्को गोल गरे।

इन्टरका लागि अलेसान्द्रो बास्टोनीले ७७ औं मिनेटमा गोल फर्काए पनि त्यो पर्याप्त भएन। बोडो/ग्लिम्टले अन्तिम १६ मा म्यानचेस्टर सिटी वा स्पोर्टिङ सीपीसँग खेल्नेछ।

एट्लेटिको म्याड्रिड ,लेभरकुसन र न्युक्यासल पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्। – एजेन्सी

Published Date: 25 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय