भक्तपुरमा चौथो हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता फागुन १६ र १७ गते हुँदै

भक्तपुरमा चौथो हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता फागुन १६ र १७ गते हुँदै : Icon Khabar

भक्तपुर, फागुन १४ । भक्तपुर मोडर्न इङ्गलिस सेकेण्डरी स्कुल तथा भक्तपुर हिसान खेलकुद समितिको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच चौथो हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता यही फागुन १६ र १७ गते सञ्चालन हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ नौ वटा टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा आयोजक मोडर्न इङ्गलिस सेकेण्डरी स्कुल, जनप्रेमी वर्ल्ड स्कुल–२, काठमाडौँ वर्ल्ड स्कुल–२, सिबर्ड इन्टरनेशनल कलेज, विनायक निकेतन स्कुल, सुप्रिम एकेडेमी तथा अक्सफोर्ड प्राक्टिकल स्कुल लगायत रहेका छन्।

त्यसैगरी महिलातर्फ मोडर्न इङ्गलिस सेकेण्डरी स्कुल, जनप्रेमी वर्ल्ड स्कुल, काठमाडौँ वर्ल्ड स्कुल–२, सुप्रिम एकेडेमी र अक्सफोर्ड प्राक्टिकल स्कुल गरी कुल छ टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत फागुन १६ गते सम्पूर्ण लिग चरणका खेलहरू सम्पन्न गरिनेछ भने सेमिफाइनल र फाइनल खेलहरू फागुन १७ गते आयोजना गरिने कार्यक्रम रहेको छ।

विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अन्तरविद्यालय सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

Published Date: 26 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय