तपाईलाई याद छ अनिल कपूरको सन् २००१ मा रिलिज भएको फिल्म ‘नायकः द रियल हीरो’ ?

तपाईलाई याद छ अनिल कपूरको सन् २००१ मा रिलिज भएको फिल्म ‘नायकः द रियल हीरो’ ? : Icon Khabar

मुम्बई, फागुन १२ । सन् २००१ मा रिलिज भएको फिल्म ‘नायकः द रियल हीरो’ लाई दर्शकहरूले निकै मन पराएका थिए । यसमा अनिल कपूरले शिवाजी रावको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा अनिल कपुर एउटा न्यूज च्यानलका क्यामेराम्यानको भूमिका निर्वाह गरेका छन् । भाएका छन् । तर उनी एक दिनका लागि मुख्यमन्त्री बनेर भ्रष्टाचारविरुद्ध कदम चाल्छन् र अमरीश पुरीद्वारा अभिनित भ्रष्ट नेताको पात्रलाई चुनौती दिन्छन् ।

हालै एक अन्तर्वार्तामा अनिल कपूरले फिल्म रिलिज भएपछि आफूलाई विभिन्न राजनीतिक दलहरूबाट प्रस्ताव आएको खुलासा गरेका छन् । यद्यपि, उनले भने राजनीतिबाट टाढा बस्ने निर्णय गरेको जवाफ दिएको बताएका छन् ।

अनिल कपूरले एक सञ्चार माध्यम लाई दिएको अन्तर्वार्तामा भनेका छन्– ‘राजनीतिमा लाग्नका लागि केही हदसम्म कुरा भएको थियो, तर मैले प्रारम्भमै ती कुराहरुलाई रोकेको थिएँ । प्रस्ताव गर्नेहरू प्रत्यक्ष रूपमा आउँदैनन्, अरू कसैमार्फत सन्देश पठाउँछन् । यसले उनीहरु के चाहन्छन् भन्ने कुरा प्रष्ट हुन्थ्यो ।”

अभिनेता कपुर भन्छन्– ‘यदि म राजनीतिमा लागेँ भने गम्भीरता र इमान्दारीका साथ गर्नुपर्ने हुन्थ्यो । तर म आफूलाई पूर्ण रूपमा समर्पित गर्न सक्ने अवस्थामा छैन । म जे काम गर्छु, त्यसमा १०० प्रतिशत दिन चाहन्छु । जब ‘स्लमडग मिलिनियर’ रिलिज भयो, म अमेरिका गएको थिएँ । त्यहाँ मलाई धेरै पटक ब्राण्ड एम्बासडर बन्न प्रस्ताव आएको थियो । चर्चा भइरहँदा धेरै संस्थाहरू तपाईंसँग काम गर्न चाहन्छन् भन्दै प्रस्ताव आएको थियो ।’

‘नायक’ फिल्म करिब २० करोड भारतीय रुपैयाँको बजेटमा बनेको थियो । भारतमा यसले १० करोड ६० लाख भारु मात्र कमायो भने विश्वभरबाट १९ करोड ६१ लाख भारु संकलन गर्यो । ग्रस कलेक्सन १७ करोड ५ लाख भारु पुगेको थियो । त्यसैले यो फिल्म बक्स अफिसमा असफल सावित भएको थियो ।

फिल्ममा रानी मुखर्जी र शिवाजी साटमको पनि अभिनय थियो भने निर्देशन एस. शंकर ले गरेका थिए । यद्यपि, जब यो फिल्म टेलिभिजनबाट प्रसारण हुन थाल्यो, यसले अभूतपूर्व सफलता हासिल गर्यो । अहिले पनि यो फिल्म टेलिभिजनमा प्रसारण हुँदा दर्शकको राम्रो साथ पाउने गरेको छ ।

यसैबीच, ‘नायक’ को सिक्वेल बन्ने तयारीमा छ । निर्माता दीमक मुकुटले ‘नायक–२’ मा काम भइरहेको बताएका छन् । निर्माण कार्य अनिल कपूर र उनी मिलेर सम्हाल्नेछन्, साथै अनिल कपूरले अभिनय पनि गर्नेछन् । फिल्मका अधिकार खरिद भइसकेका छन् र स्क्रिप्टमाथि काम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2026


ताजा
फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
मतदान गर्दा मत बदर हुन् नदिन विशेष सावधानी अपनाउन आग्रह
तपाईलाई याद छ अनिल कपूरको सन् २००१ मा रिलिज भएको फिल्म ‘नायकः द रियल हीरो’ ?


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी