मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात : Icon Khabar

काठमाडौं, फागुन ६ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसमसफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली हुनेछ भने लुम्बिनीसहित सुदूरपश्चिम प्रदेशका तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बदली हुनेछ। देशका अन्य भागमा मुख्यतया मौसम सफा रहनेछ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ।

देशका अन्य स्थानमा मुख्यतया मौसमसफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाले तराईका केही स्थानमा हुस्सु लाग्ने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

Published Date: 18 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर