बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा तोकिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७९ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ७६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ २० पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७६ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

Published Date: 12 February 2026




ताजा
मलमास सुरु भएसँगै भक्तपुरको छालिङस्थित मच्छेनारायण मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
‘देशकै उत्कृष्ट’ भनिएको भक्तपुर अस्पतालमै सेवाग्राहीको गुनासोको चाङ, कर्मचारी व्यवहारदेखि उपचार प्रणालीसम्म प्रश्न
‘परिवर्तन यही हो ?’ — ४ दिन लगातार बिदाले सेवा प्रवाह प्रभावित, सरकारलाई पुनर्विचारको दबाब


ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र