बुधबार सुनको भाउ प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २० । अघिल्लो दिनको तुलनामा आज सुन १४ हजार ४ सय रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यससँगै सुनको भाउले पुनः ३ लाखको आँकडा पार परेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

Published Date: 04 February 2026


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु