मौसम पूर्वानुमान : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

मौसम पूर्वानुमान : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, माघ १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ। साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ।

महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ।

Published Date: 02 February 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु