सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, माघ ९ । स्थानिय बजारमा सुनको भाउले रेकर्ड कायम गरेको छ । आजको कारोबारमा ९ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्यले पहिलोपटक तोलाको ३ लाखको आँकडा पार गरेको छ ।

यो वृद्धिका साथ आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ३२० रुपैयाँले बढ्दै प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Published Date: 23 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने