सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, माघ ९ । स्थानिय बजारमा सुनको भाउले रेकर्ड कायम गरेको छ । आजको कारोबारमा ९ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्यले पहिलोपटक तोलाको ३ लाखको आँकडा पार गरेको छ ।

यो वृद्धिका साथ आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ३२० रुपैयाँले बढ्दै प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Published Date: 23 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय