बुधबार नेप्से परिसूचक ९.४३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ९.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ ७ । बुधबार सेयरबजार परिसूचक नेप्से ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२४ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये ८२ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् । बाँकीमध्ये १७४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने तीन कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । आज सेयरबजारमा २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा २४.७५ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक १.८८ प्रतिशतले घटेको छ । कालिका पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक तथा रिभर फल्स् पावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने गुराँस लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स तथा एचएलआई लार्ज क्याप फण्डका सेयरधनी रहेका छन् । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2026
Website | + posts