बुधबार नेप्से परिसूचक ९.४३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ९.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ ७ । बुधबार सेयरबजार परिसूचक नेप्से ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२४ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये ८२ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् । बाँकीमध्ये १७४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने तीन कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । आज सेयरबजारमा २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा २४.७५ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक १.८८ प्रतिशतले घटेको छ । कालिका पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक तथा रिभर फल्स् पावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने गुराँस लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स तथा एचएलआई लार्ज क्याप फण्डका सेयरधनी रहेका छन् । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा छ ।

Published Date: 21 January 2026
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय