रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई बनायो प्रतिनिधिसभा सदस्यको उम्मेदवार

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई बनायो प्रतिनिधिसभा सदस्यको उम्मेदवार : Icon Khabar

काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ बाट आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । आगामी निर्वाचनमा उनी रास्वपाको टिकट लिएर चुनावी प्रतिस्पर्धामा उत्रने भएकी हुन् ।

सोमवार रास्वपा केन्द्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आशिका तामाङलाई पार्टी नेता गणेश पराजुलीले औपचारिक रूपमा टिकट प्रदान गरेका छन् ।

रास्वपाले धादिङ- १ मा नयाँ अनुहार र महिला नेतृत्वलाई अघि सार्दै चुनावी रणनीति अघि बढाएको छ । आशिका तामाङको उम्मेदवारीसँगै यस क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

Published Date: 19 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने