सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड : Icon Khabar

काठमाडौँ, माघ ५ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँमा कारोबार भइरहेको छ।

Published Date: 19 January 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?