आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २७ । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीले पुस २३ गते कायम रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे।

Published Date: 11 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय