लोकेश्वर साकोसमा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न

लोकेश्वर साकोसमा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २५ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रनेश बाटीले सहकारीको अवस्था, सञ्चालन प्रक्रिया र बचत तथा ऋण सम्बन्धी विषयमा जानकारी दिएका थिए। साथै सहकारीमा कारोबार गर्नु अघि संस्था र व्यवस्थापनबारे बुझ्नुपर्ने आवश्यकता औंल्याइयो। संस्थाले गर्दै आएका आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व र सीपमूलक तालिमका गतिविधिबारे पनि जानकारी गराइएको थियो।

शिक्षा तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारले शिक्षा शिविरले सदस्य र संस्था बीचको अन्तरसम्बन्ध मजबुत बनाउने बताए। कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले २१औँ स्थापना दिवसको अवसरमा पुस मसान्तसम्म निःशुल्क सदस्यता वितरण भइरहेको जानकारी दिए।

Published Date: 10 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड