लोकेश्वर साकोसमा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न

लोकेश्वर साकोसमा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २५ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा नयाँ सदस्यका लागि शिक्षा शिविर सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रनेश बाटीले सहकारीको अवस्था, सञ्चालन प्रक्रिया र बचत तथा ऋण सम्बन्धी विषयमा जानकारी दिएका थिए। साथै सहकारीमा कारोबार गर्नु अघि संस्था र व्यवस्थापनबारे बुझ्नुपर्ने आवश्यकता औंल्याइयो। संस्थाले गर्दै आएका आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व र सीपमूलक तालिमका गतिविधिबारे पनि जानकारी गराइएको थियो।

शिक्षा तथा बचत उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारले शिक्षा शिविरले सदस्य र संस्था बीचको अन्तरसम्बन्ध मजबुत बनाउने बताए। कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले २१औँ स्थापना दिवसको अवसरमा पुस मसान्तसम्म निःशुल्क सदस्यता वितरण भइरहेको जानकारी दिए।

Published Date: 10 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय