भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ साधारण सभा सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २५ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री बिन्दु श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि मन्त्रालयले इ–कमर्स, घरेलु उत्पादन मेला र कोशेली घरजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाइयो। भक्तपुरमा व्यवस्थित कोशेली घर स्थापना गर्ने विषय आगामी बजेटमा समेटिने जानकारी दिइयो। बागमती प्रदेशको पहिचान हस्तकला भएकाले हस्तकला दिवस मनाउने विषयमा पनि छलफल भइरहेको उल्लेख गरियो।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तु खरिद निर्देशिका जारी भए पनि कार्यान्वयन कमजोर हुँदा साना उद्यमी प्रभावित भएको बताए। कोभिड–१९ समयमा घरेलु तथा साना उद्योगले अर्थतन्त्र धानेको भए पनि राज्यले पर्याप्त पहिचान नदिएको भनाइ राखियो।

महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले औद्योगिक विकास प्रतिष्ठानमार्फत बिना धितो ५ देखि २० लाखसम्म सहुलियत कर्जा प्रवाह भइरहेको जानकारी दिँदै निर्धारित समयभित्र संघमार्फत आवेदन दिन आग्रह गरे। ‘गो लोकल’ संयोजक विरेन्द्र जति र भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर प्रवर्द्धन भइरहेको जानकारी गराए।

कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रेमकृष्ण खर्बुजाले संघले उद्यमीको हकहित र नीतिगत मुद्दा उठाउँदै आएको बताए। उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले कार्यालयका सेवा, सीपमूलक तालिम र समन्वयात्मक कार्यक्रमबारे जानकारी दिए।

साधारण सभामा न्यू जगाती राइस मिलका प्रोप्राइटर महेन्द्रमान श्रेष्ठ र हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्टका प्रोप्राइटर राजु भडेललाई ‘वर्षको उत्कृष्ट घरेलु उद्यमी सम्मान–२०८२’ प्रदान गरियो। संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Published Date: 10 January 2026








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ