मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स नेपाल भित्रियो

मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स नेपाल भित्रियो : Icon Khabar

काठमाडौँ, पुस २४ । मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको छ। कात्तिक महिनासम्म ६८७ अर्ब रूपैयाँको रेमिटेन्स आएकोमा मंसिर अन्तिमसम्म आइपुग्दा कुल रेमिटेन्स ८७० अर्ब रूपैयाँ पुगेको हो।

यससँगै चालु आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर निरन्तर बलियो बन्दै गएको देखिएको छ। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्रै बढेको थियो।

प्रतिवेदनअनुसार २०८२ मंसिर महिनामा मात्रै विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो।

प्रतिवेदनअनुसार अमेरिकी डलरमा गणना गर्दा पाँच महिनामा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह ३.४ प्रतिशतले बढेको थियो।

प्रतिवेदनअनुसार सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।

Published Date: 09 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय