तमन्ना भाटियाले एक मिनेटको प्रस्तुतिका लागि लिन्छिन् एक करोड रुपैयाँ शुल्क

तमन्ना भाटियाले एक मिनेटको प्रस्तुतिका लागि लिन्छिन् एक करोड रुपैयाँ शुल्क : Icon Khabar

मुम्बई, पुस २४ । बलिउड तथा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया आफ्नो अभिनयमार्फत करोडौँ दर्शकको मन जित्न सफल छिन् । उनी बलिउडदेखि दक्षिण भारतसम्म लोकप्रिय रहँदै आएकी छिन् । विभिन्न फिल्मका लागि यी अभिनेत्रीले गर्ने आइटम डान्सलले दर्शकमा हलचल मच्चाइदिन्छ । यसैबीच, बढ्दो लोकप्रियतासँगै यी अभिनेत्रीले आफ्नो पारिश्रमिकमा पनि उल्लेख्य रूपमा बढाएकी सछन् ।

हालै एक इभेन्टमा केही मिनेटको प्रस्तुतिका लागि तमन्नाले करोडौँ रुपैयाँ शुल्क लिएको समाचार प्रकाशित भएको छ ।

गोवामा आयोजित एक हाई–प्रोफाइल न्यू इयर पार्टीमा तमन्नाले मात्र ६ मिनेट नृत्य प्रस्तुतिका लागि छ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी हुन् । अर्थात् उनले प्रतिमिनेट करिब १ करोड भारु कमाइन्, जसले उनको लोकप्रियता र मागलाई स्पष्ट रूपमा देखाउँछ ।

यो कार्यक्रम गोवाको बागा बीचस्थित लास ओलास बीच क्लबमा आयोजना गरिएको थियो । इभेन्टमा तमन्नाले आफ्ना हिट डान्स मूभ्समार्फत दर्शकलाई झुम्न बाध्य बनाएकी थिइन् । यस कार्यक्रममा तमन्नासँगै सोनम बाजवा पनि सहभागी थिइन् ।

तमन्ना भाटियाले धेरै फिल्ममा विशेष नृत्य नम्बरमार्फत उत्कृष्ट पहिचान बनाएकी छिन् । उनले ‘जेलर’ फिल्मको ‘कावाला’, ‘स्त्री २’ को ‘आज की रात’, ‘रेड २’ को ‘नशा’ तथा ‘द ब्याड्स अफ बलिउड’ को ‘गफूर’ जस्ता गीतमा आफ्नो नृत्यको उत्कृष्टता देखाएकी छिन् ।

Published Date: 08 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने