तमन्ना भाटियाले एक मिनेटको प्रस्तुतिका लागि लिन्छिन् एक करोड रुपैयाँ शुल्क

तमन्ना भाटियाले एक मिनेटको प्रस्तुतिका लागि लिन्छिन् एक करोड रुपैयाँ शुल्क : Icon Khabar

मुम्बई, पुस २४ । बलिउड तथा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया आफ्नो अभिनयमार्फत करोडौँ दर्शकको मन जित्न सफल छिन् । उनी बलिउडदेखि दक्षिण भारतसम्म लोकप्रिय रहँदै आएकी छिन् । विभिन्न फिल्मका लागि यी अभिनेत्रीले गर्ने आइटम डान्सलले दर्शकमा हलचल मच्चाइदिन्छ । यसैबीच, बढ्दो लोकप्रियतासँगै यी अभिनेत्रीले आफ्नो पारिश्रमिकमा पनि उल्लेख्य रूपमा बढाएकी सछन् ।

हालै एक इभेन्टमा केही मिनेटको प्रस्तुतिका लागि तमन्नाले करोडौँ रुपैयाँ शुल्क लिएको समाचार प्रकाशित भएको छ ।

गोवामा आयोजित एक हाई–प्रोफाइल न्यू इयर पार्टीमा तमन्नाले मात्र ६ मिनेट नृत्य प्रस्तुतिका लागि छ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी हुन् । अर्थात् उनले प्रतिमिनेट करिब १ करोड भारु कमाइन्, जसले उनको लोकप्रियता र मागलाई स्पष्ट रूपमा देखाउँछ ।

यो कार्यक्रम गोवाको बागा बीचस्थित लास ओलास बीच क्लबमा आयोजना गरिएको थियो । इभेन्टमा तमन्नाले आफ्ना हिट डान्स मूभ्समार्फत दर्शकलाई झुम्न बाध्य बनाएकी थिइन् । यस कार्यक्रममा तमन्नासँगै सोनम बाजवा पनि सहभागी थिइन् ।

तमन्ना भाटियाले धेरै फिल्ममा विशेष नृत्य नम्बरमार्फत उत्कृष्ट पहिचान बनाएकी छिन् । उनले ‘जेलर’ फिल्मको ‘कावाला’, ‘स्त्री २’ को ‘आज की रात’, ‘रेड २’ को ‘नशा’ तथा ‘द ब्याड्स अफ बलिउड’ को ‘गफूर’ जस्ता गीतमा आफ्नो नृत्यको उत्कृष्टता देखाएकी छिन् ।

Published Date: 08 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय