७० लाख अस्ट्रेलियाली नागरिक घातक जङ्गली आगोको उच्च जोखिममा

७० लाख अस्ट्रेलियाली नागरिक घातक जङ्गली आगोको उच्च जोखिममा : Icon Khabar

काठमाडौँ, पुस २२ । लगभग ७० लाख अस्ट्रेलियाली नागरिक घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले प्रमुख सहरहरूको बाहिरी इलाकाहरूमा बसोबास गरिरहेका अष्ट्रेलियालीहरु सन २०२५ जनवरीमा लस एन्जलस (एलए) जङ्लमा लागेको आगो जस्तै सहरी आगलागीको जोखिममा रहेको चेतावनी दिएको छ । प्रतिवेदनले सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका प्रमुख सहरहरूको बाहिरी भागमा सहरी किनारामना एलए आगलागी विनाशकारी हुने जनाएको छ ।

प्रतिवेदनका अनुसार प्रमुख शहरहरूको बाहिरी उपनगरहरूमा बसोबास गर्ने अष्ट्रेलियालीहरूको सङ्ख्या सन् २००१ देखि ६५.५ प्रतिशतले बढेर ६९ लाख भन्दा बढी पुगेको छ भने उच्च जोखिममा रहेका आगो क्षेत्रमा ९० प्रतिशत घरहरू आधुनिक बुशफायर र कमजोर मापदण्डमा निर्माण गरिएका छन् । यसले अघिल्लो अनुसन्धानलाई उद्धृत गर्दै आगलागी उच्च मृत्युको कारण भएको जनाएको छ ।

इएलसिएका संस्थापक र न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि आयुक्त ग्रेग मुलिन्सले विज्ञप्ति मार्फत लगभग हरेक अष्ट्रेलियाली सहरमा लस एन्जलस जस्ता खतरनाक आगलागीको पूर्व सर्तहरूको खतरा रहेको बताएका छन् । उनले विनाशकारी आगलागीको सम्भावनालाई बढ्दो रूपमा सामना गरिरहेको बताउदै “जलवायु प्रदूषणले अहिले आगोको मौसमको अवस्था बिग्रँदै गइ आधुनिक आगो निभाउने र रोकथाम क्षमताहरूको सीमाभन्दा बाहिर हुने चेतावनी दिएका छन् । प्रतिवेदनले जलवायु प्रदूषण घटाउनुका साथै सहरी क्षेत्रमा आपतकालीन सेवा व्यवस्थापन क्षमतालाई प्राथमिकताका रूपमा बढाउन आग्रह गरेको छ ।

Published Date: 06 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय