मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २२ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सुधार आएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २ हजार ६४९.३० विन्दुमा कायम भएको हो । मंगलबार कारोबार रकम पनि सात अर्ब रुपैयाँ नाघेको छ ।

कुल १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम कात्तिक तेस्रो साता यताकै उच्च हो ।

मंगलबार सेयरबजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १४८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १०३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन र उत्पादनशील समूहको परिसूचक ओरालो लागेका छन् । अरु बाँकी सबै समूहको परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक २.८७ प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, थ्रीस्टार हाइड्रोपावर लिमिटेड तथा हिमालयन बैंकको म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रुरु जलविद्युत परियोजना, ट्रेड टावर लिमिटेड तथा सान्भी इनर्जीका सेयरधनी रहेका छन् ।

Published Date: 06 January 2026






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न