मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २२ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सुधार आएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २ हजार ६४९.३० विन्दुमा कायम भएको हो । मंगलबार कारोबार रकम पनि सात अर्ब रुपैयाँ नाघेको छ ।

कुल १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम कात्तिक तेस्रो साता यताकै उच्च हो ।

मंगलबार सेयरबजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १४८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १०३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन र उत्पादनशील समूहको परिसूचक ओरालो लागेका छन् । अरु बाँकी सबै समूहको परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक २.८७ प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, थ्रीस्टार हाइड्रोपावर लिमिटेड तथा हिमालयन बैंकको म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रुरु जलविद्युत परियोजना, ट्रेड टावर लिमिटेड तथा सान्भी इनर्जीका सेयरधनी रहेका छन् ।

Published Date: 06 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने