प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु : Icon Khabar

काठमाडौं, पुस २२ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु भएको छ। जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनका लागि प्रयोग हुने नमुना मतपत्र छपाइ थालिएको हो।

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आजदेखि नमुना मतपत्र छपाइ सुरु भई आज र भोलिसम्म सम्पन्न हुनेछ। यस चरणमा करिब १० लाख नमुना मतपत्र छपाइ गरिने उनले जानकारी दिए।

केन्द्रले समानुपातिकतर्फको मतपत्र छपाइ भने पुस २४ गतेबाट सुरु हुने जनाएको छ। प्रवक्ता कुँवरका अनुसार समानुपातिक प्रणालीतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ हुनेछ।

समानुपातिक निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका छन्। तीमध्ये १० वटा दलले एकल चुनाव चिन्हबाट चुनाव लड्ने भएकाले समानुपातिक मतपत्रमा कुल ५८ वटा निर्वाचन चिन्ह समावेश हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2026


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी