काठमाडौं, पुस २२ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु भएको छ। जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनका लागि प्रयोग हुने नमुना मतपत्र छपाइ थालिएको हो।
केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आजदेखि नमुना मतपत्र छपाइ सुरु भई आज र भोलिसम्म सम्पन्न हुनेछ। यस चरणमा करिब १० लाख नमुना मतपत्र छपाइ गरिने उनले जानकारी दिए।
केन्द्रले समानुपातिकतर्फको मतपत्र छपाइ भने पुस २४ गतेबाट सुरु हुने जनाएको छ। प्रवक्ता कुँवरका अनुसार समानुपातिक प्रणालीतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ हुनेछ।
समानुपातिक निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका छन्। तीमध्ये १० वटा दलले एकल चुनाव चिन्हबाट चुनाव लड्ने भएकाले समानुपातिक मतपत्रमा कुल ५८ वटा निर्वाचन चिन्ह समावेश हुनेछन्।
Published Date: 06 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1