करिब २५ वर्ष भइसक्यो, म घर बाहिर डिनर गर्न गएको छैन: सलमान खान

करिब २५ वर्ष भइसक्यो, म घर बाहिर डिनर गर्न गएको छैन: सलमान खान : Icon Khabar

मुम्बई, पुस २२ । बलिउड सुपरस्टार सलमान खानको भारतमा मात्र होइन, विश्वभरि नै लोभलाग्दो फ्यान फलाइङ छ । उनी धेरै वर्षदेखि बक्स अफिसमा समेत पकड जमाउने अभिनेताको रुपमा स्थापित छिन् ।

यद्यपि, आफ्नो काममा अत्यन्त व्यस्त रहने कारण सलमानले आफूलाई व्यक्तिगत समय दिन पाएका छैनन् । हालै सलमान खान साउदी अरबको जेद्दामा भइरहेको रेड सी फिल्म फेस्टिभलमा सहभागी भएका थिए ।

उक्त फेस्टिभलको एक शत्रमा सलमान खानले आफ्नो करियर, व्यक्तिगत अनुभव तथा आफ्नो जीवन यात्राका परिवर्तनशील चरणहरूबारे खुलस्त कुरा गरेका छन् ।

सलमानले बताएअनुसार अहिले उनको संसार केवल काम, यात्रा तथा केही पुराना साथीहरूसम्म मात्र सीमित भएको छ । जसलाई उनी पहिले निकै नजिकका मान्थे, तीमध्ये धेरै अब उनको जीवनको हिस्सा छैनन् ।

सलमान खानले भनेका छन्– ‘मैले आफ्नो जीवनको धेरैजसो समय परिवार र साथीहरूसँग बिताएको छु, तर तीमध्ये धेरैजना अब साथमा छैनन् । अहिले केवल ४–५ जना मात्र छन्, जो धेरै पहिलेदेखि मेरो साथमा छन् । करिब २५–२६ वर्ष भइसक्यो, म घर बाहिर डिनर गर्न गएको छैन । सुटिङबाट घर, घरबाट सुटिङ, घरबाट एयरपोर्ट, एयरपोर्टबाट होटल र होटलबाट यहाँ—बस यही नै मेरो जीवन हो ।’

सलमानले अगाडि भनेका छन्– ‘तर मलाई यसबाट कुनै गुनासो छैन । या त तपाईँ घुमफिर गर्न चाहनुहुन्छ र यो सबै नहोस्, तर त्यो कुरा म चाहन्न । तपाईंहरू मलाई यति धेरै सम्मान र माया दिनुहुन्छ, त्यसकै लागि म मेहनत गर्छु । कहिलेकाहिँ म अलि आत्मसन्तुष्ट पनि हुन्छु, तर त्यसको पनि मजा लिन्छु, किनभने अब अगाडि के आउनेवाला छ भन्ने कुराले मलाई सधैँ रोमाञ्चित बनाइरहन्छ ।’

Published Date: 06 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय