मंगलबार सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २२ । स्थानिय बजारमा मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 06 January 2026
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय