राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै : Icon Khabar

काठमाडौँ,  पुस २२ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।

सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना रहेको बताइएको छ।

यसैगरी, आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने बताइएको छ ।

Published Date: 06 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय