राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै : Icon Khabar

काठमाडौँ,  पुस २२ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।

सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना रहेको बताइएको छ।

यसैगरी, आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने बताइएको छ ।

Published Date: 06 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने