काठमाडौँ, पुस २१ । फुलहम र लिभरपुलबीचको प्रिमियर लिग खेल २-२ गोलको बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा ह्यारिसन रिडले सानदार गोल गर्दै फुलहमलाई हारबाट जोगाएका हुन्।
क्रेभन कोटेजमा भएको खेलमा फुलहमका ह्यारी विल्सनले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर लिभरपुलका फ्लोरियन विर्ट्जले बराबरी गोल गरे।
खेल सकिनै लाग्दा इन्जुरी समयको चौथो मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई जित नजिक पुर्याए। तर त्यसको तीन मिनेटपछि नै फुलहमका ह्यारिसन रिडले टाढाबाट शक्तिशाली प्रहार गर्दै गोल गरे र खेल बराबरीमा टुंग्याए।
यो नतिजासँगै लिभरपुल ३४ अंकसहित तालिकाको चौथो स्थानमा छ। फुलहम भने गोल अन्तरका आधारमा ११औँ स्थानमा उक्लिएको छ।
Published Date: 05 January 2026
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news