प्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी

प्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी : Icon Khabar

काठमाडौँ, पुस २१ । फुलहम र लिभरपुलबीचको प्रिमियर लिग खेल २-२ गोलको बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा ह्यारिसन रिडले सानदार गोल गर्दै फुलहमलाई हारबाट जोगाएका हुन्।

क्रेभन कोटेजमा भएको खेलमा फुलहमका ह्यारी विल्सनले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर लिभरपुलका फ्लोरियन विर्ट्जले बराबरी गोल गरे।

खेल सकिनै लाग्दा इन्जुरी समयको चौथो मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई जित नजिक पुर्‍याए। तर त्यसको तीन मिनेटपछि नै फुलहमका ह्यारिसन रिडले टाढाबाट शक्तिशाली प्रहार गर्दै गोल गरे र खेल बराबरीमा टुंग्याए।

यो नतिजासँगै लिभरपुल ३४ अंकसहित तालिकाको चौथो स्थानमा छ। फुलहम भने गोल अन्तरका आधारमा ११औँ स्थानमा उक्लिएको छ।

 

Published Date: 05 January 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली