काठमाडौं उपत्यकामा अत्यधिक चिसो, तापक्रम २ डिग्रि सेल्सियसमा झर्यो

काठमाडौं उपत्यकामा अत्यधिक चिसो, तापक्रम २ डिग्रि सेल्सियसमा झर्यो : Icon Khabar

काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडफ बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो ।

मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।

काठमाडौंमा आइतबारदेखि सुर्य पनि कम देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।

Published Date: 05 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर