रास्वपा समानुपातिकको बन्दसूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म

रास्वपा समानुपातिकको बन्दसूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म : Icon Khabar

काठमाडौँ,  पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश छन् ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो । रास्वपाले बुझाएको बन्द सूचीमा समावेश भएका नामहरुमा विभिन्न क्षेत्रमा ख्याति आर्जन गरिसकेका नामहरु समेत छन् । सूचिमा खेलाडी, गायक, गायिका, अभिनेता, अभिनेत्री, चिकित्सकदेखि खेलाडीसम्म अँटाएका छन् ।

रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपूत, अभिनेत्री रिमा विश्वकर्मा, निर्देशक तथा अभिनेता आशिफ शाह, मोडल, अभिनेता तथा चिकित्सक डा.रुपक घिमिरे (आयुष्मान घिमिरे), गायिका सत्यकला राई, गायिका तथा चिकित्सक त्रिशाला गुरुङ, क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अँटाएका छन् ।

यी व्यक्तिहरुको नाम बन्द सूचिमा राख्दै रास्वपाले राजनीतिबाहेक कला, मनोरञ्जन, स्वास्थ्य, खेलकुददेखि सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई पनि संसदमा ल्याउने प्रयास गरेको देखिन्छ ।

सोमवार साँझ रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्न भएको सहमतिपछि सोमवार मध्यराति रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2025
Website | + posts