रास्वपा समानुपातिकको बन्दसूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म

रास्वपा समानुपातिकको बन्दसूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म : Icon Khabar

काठमाडौँ,  पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश छन् ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो । रास्वपाले बुझाएको बन्द सूचीमा समावेश भएका नामहरुमा विभिन्न क्षेत्रमा ख्याति आर्जन गरिसकेका नामहरु समेत छन् । सूचिमा खेलाडी, गायक, गायिका, अभिनेता, अभिनेत्री, चिकित्सकदेखि खेलाडीसम्म अँटाएका छन् ।

रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपूत, अभिनेत्री रिमा विश्वकर्मा, निर्देशक तथा अभिनेता आशिफ शाह, मोडल, अभिनेता तथा चिकित्सक डा.रुपक घिमिरे (आयुष्मान घिमिरे), गायिका सत्यकला राई, गायिका तथा चिकित्सक त्रिशाला गुरुङ, क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अँटाएका छन् ।

यी व्यक्तिहरुको नाम बन्द सूचिमा राख्दै रास्वपाले राजनीतिबाहेक कला, मनोरञ्जन, स्वास्थ्य, खेलकुददेखि सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई पनि संसदमा ल्याउने प्रयास गरेको देखिन्छ ।

सोमवार साँझ रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्न भएको सहमतिपछि सोमवार मध्यराति रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गरेको हो ।

Published Date: 30 December 2025


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली