ऐतिहासिक उचाईबाट घट्यो सुनको मूल्य, चाँदीले रेकर्ड ब्रेक गर्ने क्रम जारी

ऐतिहासिक उचाईबाट घट्यो सुनको मूल्य, चाँदीले रेकर्ड ब्रेक गर्ने क्रम जारी : Icon Khabar

काठमाडौँ, पुस १४ । कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Published Date: 29 December 2025