भेटघाट र छलफलको केन्द्रमा बालेन, पछिल्लो दुई दिनमा क–कसलाई भेटे ?

भेटघाट र छलफलको केन्द्रमा बालेन, पछिल्लो दुई दिनमा क–कसलाई भेटे ? : Icon Khabar

काठमाडौं, पुस ११ । प्रतिनिधि सभा सदस्यको निर्धारित मिति फागुन २१ को नजिकिँदै गर्दा नेपाली राजनीतिक क्षेत्र गर्माएको छ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारीलाई आक्रामक रुपमा अघाडि बढाएको छ भने प्रधानमन्त्री तथा सरकारका प्रायः सबै मन्त्रीहरुले आफ्नो प्रत्येक भाषणमा निर्वाचन निर्धारित मिति मै सम्पन्न गर्ने कुरा दृढताका साथ बताइरहेका छन् ।

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन) ले पनि पछिल्ला दुई–तीन दिनयता आफ्नो राजनीतिक गतिविधिलाई ह्वात्तै बढाएका छन् । उनले एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग केही चरणको भेटवार्ता गरिसकेका छन् भने जेन–जीका विभिन्न समुहका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला भएर एक हुन सुझावसमेत दिएका छन् ।

अर्कोतिर, बालेनलाई विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले भेटघाट गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।

पछिल्लो पटक बोलनलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार कुपन्डोल पुगे । बिहीवार कुपण्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।

उनले भने– ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं, आज पनि स्पष्ट छौँ ।’

यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा बालेनसंग सानो छलफल भएको पनि बताए । उनले भने– ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो छ, हामीले जिम्मा लिँदै गर्दा तपाईँहरुको साथ हुन्छ कि हुँदैन ? के हुन्छ भन्ने खालको उहाँहरुको जिज्ञासा थियो । उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहनु भएको छ । हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो ।’

बालेनले बिहीवार नै जेन–जी प्रतिनिधिहरुहरूसँग छलफल गरेका थिए भने बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

साथै, बालेनले कुलमान घिसिङ, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग छलफल गरेका थिए । यसरी, काठमाडौं महानगरका मेयर बालेनले राजनीतिक भेटघाट बढाइरहँदा तथा सामाजिक सञ्जालमा स्टाटस लेख्नुका साटो प्रत्यक्ष छलफलमा जुट्न थाल्नुले नेपाली राजनीतिक क्षेत्रमा नयाँ तरंग पैदा भएको अनुभव गर्न थालिएको छ ।

Published Date: 26 December 2025
ताजा
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण
लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन
प्रधानमन्त्री बालेनले लिए शपथ, नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता