आइकन खबर र आर्गस एजुकेशनको रक्तदान कार्यक्रममा ३५ जना व्यक्तिद्वारा रक्तदान

आइकन खबर र आर्गस एजुकेशनको रक्तदान कार्यक्रममा ३५ जना व्यक्तिद्वारा रक्तदान : Icon Khabar

भक्तपुर, पुस १२ । आइकन मिडिया हाउस प्रा. लि. तथा आइकन खबर डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा आर्गस एजुकेशनको संयुक्त आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

शनिबार बिहान भक्तपुर नगरपालिका–१, नःपुखु क्षेत्रस्थित मिनीबस पार्क अगाडि सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ३५ जना स्वस्थ व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवन रक्षा अभियानमा योगदान दिएका छन्। बिहान ८ बजेदेखि सुरू भएको रक्तदान कार्यक्रम बिहान ११:३० बजेसम्म संचालन भएको थियो।

आइकन मिडिया हाउस प्रा. लि. डिजिटल मिडिया, सामग्री उत्पादन, विज्ञापन तथा जनसम्पर्कका क्षेत्रमा सक्रिय बहुआयामिक सञ्चार संस्था हो। यसअन्तर्गत सञ्चालन हुँदै आएको आइकन खबर डटकम विश्वसनीय नेपाली अनलाइन समाचार पोर्टलका रूपमा स्थापित हुँदै आएको छ।

त्यसैगरी, आर्गस एजुकेशन शिक्षा तथा परामर्श क्षेत्रमा क्रियाशील संस्था हो, जसले अध्ययन विदेश, IELTS, PTE लगायतका भाषा परीक्षा तयारी, भिसा परामर्श तथा करियर मार्गदर्शन सेवा प्रदान गर्दै आएको छ।

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले गरेको थियो भने फोटोग्राफी पार्टनरका रूपमा ट्रेङ्गल फोटो स्टुडियो रहेको थियो। कार्यक्रममा गायक कपिल कसपालले भक्तपुर बोलको गीत प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए।

आयोजक संस्थाहरूले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवताको महत्वपूर्ण कार्यका रूपमा लिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। सहभागी रक्तदाताप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

 

Published Date: 27 December 2025
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय