किकम्पा मन्टेश्वरीमा अभिभावक अभिमुखीकरण समारोह सम्पन्न

किकम्पा मन्टेश्वरीमा अभिभावक अभिमुखीकरण समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १५ । भक्तपुरको सूर्यविनायक–८ इतबुंस्थित किकम्पा मन्टेश्वरी (प्रि–स्कुल) ले अभिभावक अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकहरूबीच आपसी समन्वय र शिक्षण–शिक्षण प्रक्रियाबारे विस्तृत जानकारी आदानप्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको औपचारिक सुरुवातपछि विद्यालयका प्रिन्सिपल राजेश लाखाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नयाँ लक्ष्य, पठन–पाठनका विधि तथा बालमैत्री वातावरणका बारेमा अभिभावकलाई जानकारी गराएका थिए।

विद्यालयले गत वैशाख महिनादेखि लावान्या इन्टरनेशनलसँग सहाकार्य गर्दै आएकोले विद्यार्थीहरुको चौतर्फी विकासमा थप टेवा पुग्दै आएको जानकारी दिए। अभिमूखीकरण कार्यक्रममा मुख्य वक्ताका रूपमा लावान्या इन्टरनेशनलकी प्रोग्राम डाइरेक्टर पूजा शाहले विद्यालय, अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति भनेको हातका पाँच औंला जस्तै भएको र सँगै मिलेर अघि बढ्नुपर्ने बताईन्। उनले किकम्पमा मन्टेश्वरी जस्तो प्रसिद्व विद्यालयमा सहकार्य गर्न पाउँदा निकै खुशी भएको बताईन्। उनले अभिभावकलाई बाल शिक्षा, व्यवहार र सिकाइ–सम्बन्धी महत्वपूर्ण कुराहरू बताएकी थिइन्।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य, कविता तथा विभिन्न प्रस्तुतिहरू गर्दै आफ्नो सिकाइ–क्षमता प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले फलफूल तथा कम्युनिटी हेल्पर विषयमा भूमिका खेल प्रस्तुत गर्दा अभिभावकहरूले उत्साहपूर्वक हेरिरहेका थिए। त्यसैगरी विद्यार्थीहरूले जंगल बासस्थानमा आधारित नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक बनाएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव चन्द्र बज्राचार्यको सभापतित्वमा सम्पन्न सो समारोहमा अध्यक्ष बज्राचार्यले धन्यवाद ज्ञापन गर्दै अभिभावकको निरन्तर साथ र विश्वासले नै विद्यालयलाई अझै सक्षम, सुरक्षित र अनुभवी शिक्षण केन्द्रका रूपमा अघि बढ्न प्रेरित गर्दै आएको बताए। विद्यालयकी एकेडेमीक इन्चार्ज सरीता तमखुले संयोजन गरेको सो कार्यक्रममा लावान्या इन्टरनेशनलकी प्रशिक्षक निशा मगर, विद्यालयका प्रबन्ध निर्देशक अच्युत प्रजापति लगायतमा व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।

किकम्पा मन्टेश्वरीले साना साना बालक–बालिकाको व्यक्तित्व विकास, सृजनशीलता र अभिव्यक्ति क्षमतामा केन्द्रित शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ।

Published Date: 01 December 2025
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो