सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी : Icon Khabar

काठमाडौं, मंसिर ४ । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

Published Date: 20 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने