काठमाडौँ, मंसिर १ । बिहीबार नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ।
नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
Published Date: 20 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1