जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारको आग्रह

जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारको आग्रह : Icon Khabar

काठमाडौँ, मंसिर ३ । जथाभावी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्ने भएकाले चिकित्सकको सिफारिसमा मात्र सेवन गर्न सरकारले आग्रह गरेको छ । एन्टिबायोटिकको प्रयोगले प्रतिजैविक प्रतिरोध भई बिरामी पर्दा सामान्य औषधीले काम नगर्ने भएकाले जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

यसैविच, सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना मनाइरहेको छ । प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको हो ।

यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ । रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ ।

Published Date: 19 November 2025
ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय