जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारको आग्रह

जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारको आग्रह : Icon Khabar

काठमाडौँ, मंसिर ३ । जथाभावी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्ने भएकाले चिकित्सकको सिफारिसमा मात्र सेवन गर्न सरकारले आग्रह गरेको छ । एन्टिबायोटिकको प्रयोगले प्रतिजैविक प्रतिरोध भई बिरामी पर्दा सामान्य औषधीले काम नगर्ने भएकाले जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

यसैविच, सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना मनाइरहेको छ । प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको हो ।

यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ । रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ ।

Published Date: 19 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने