धुलिखेल–खावा सडक बनाउन नयाँ ठेकेदार छनौट, १४ महिनामै काम सक्नुपर्ने

धुलिखेल–खावा सडक बनाउन नयाँ ठेकेदार छनौट, १४ महिनामै काम सक्नुपर्ने : Icon Khabar

काभ्रेपलाञ्चोक, मंसिर ३ । अघिल्लो ठेकेदारको लार्पवाहिले अलपत्र परेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको नयाँ ठेकेदार छनौट भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले १४ महिनामा काम सक्ने गरि नयाँ ठेकेदार कम्पनी छनौट गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार १४ महिनामा काम सक्ने गरि एवन काली जेभी काठमाण्डौसँग गत बुधबार ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको जानकारी दिए ।

सडक डिभिजन कार्यालय भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै पुनःविस्तारकार्य गर्न बोलपत्र आह्वान गरेको थियो । डिभिजनले अघिल्लो ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेपछि पुनः निर्माणको लागि नयाँ पक्रियाबाट ठेक्का लगाएको थियो ।

गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते रु २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरेको भएपनि सम्झौताअनुसार २०८० चैत १९ सम्म काम सकिनु पर्नेमा त्यसको ११ महिना सम्म म्याद थपदा पनि २५ प्रतिशत काम भएपछि सडक विभागले ठेक्का रद्ध गरेको थियो ।

ठेक्का रद्ध भएपछि गौरी–पार्वती निर्माण सेवा कम्पनी उच्च अदालत पाटनमा मुद्दा हालेका थियो । उक्त मुद्दा गत असार २५ गते खारेज भएपछि डिभिजनले नयाँ पक्रिया अनुसार पुनःठेक्का लगाएको थियो ।

नयाँ बन्ने सडक मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको छ ।

अरनिको राजमार्गहुँदै नेपालको उत्तरी नाका चिनसँगको सिमाना सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका विभिन्न स्थानका यात्रु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2025
Website | + posts