एनपिएलमा आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै

एनपिएलमा आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै : Icon Khabar

काठमाडौँ, मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जास्पद हार चखाएको थियो ।

यता सुदूरपश्चिम दोस्रो संस्करणमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । साविक उपविजेता सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुमा उच्च मनोबल छ । यस्तै सुदूरपश्चिमलाई अघिल्लो सिजनको सानदार प्रदर्शनको साख जोगाउनुसँगै दर्शकको मन जित्नुछ । दर्शकको बलियो साथ पाउने गरेको सुदूरपश्चिममा क्रिकेटको क्रेज निक्कै लोकप्रिय छ ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डु र राष्ट्रिय टोलीकै घरेलु प्रशिक्षक जगत टमटाको नियमित प्रशिक्षणमा रहेको सुदूरपश्चिमबिचको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीमा राम्रो विदेशी खेलाडी र उत्कृष्ट स्वदेशी खेलाडीको सन्तुलन छ ।

Published Date: 19 November 2025






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न