एनपिएलमा आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै

एनपिएलमा आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै : Icon Khabar

काठमाडौँ, मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जास्पद हार चखाएको थियो ।

यता सुदूरपश्चिम दोस्रो संस्करणमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । साविक उपविजेता सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुमा उच्च मनोबल छ । यस्तै सुदूरपश्चिमलाई अघिल्लो सिजनको सानदार प्रदर्शनको साख जोगाउनुसँगै दर्शकको मन जित्नुछ । दर्शकको बलियो साथ पाउने गरेको सुदूरपश्चिममा क्रिकेटको क्रेज निक्कै लोकप्रिय छ ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डु र राष्ट्रिय टोलीकै घरेलु प्रशिक्षक जगत टमटाको नियमित प्रशिक्षणमा रहेको सुदूरपश्चिमबिचको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीमा राम्रो विदेशी खेलाडी र उत्कृष्ट स्वदेशी खेलाडीको सन्तुलन छ ।

Published Date: 19 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड