सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, कात्तिक १७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९० पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 03 November 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली