आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १६ । स्थानिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबारको कारोबारमा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2025
Website | + posts