आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १६ । स्थानिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबारको कारोबारमा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको छ ।

Published Date: 02 November 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी