सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २७ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से ४४.२५ अंकले बढेर २५४७.२५ विन्दुमा पुगेको हो ।

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

आज २०० कम्पनीको मूल्य बढ्दा ४४ वटाको घटेको छ ।

सबैभन्दा धेरै अन्य समूहको सूचक ५.०१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको ३.३५ प्रतिशतले बढेको छ ।

आज बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ र व्यापार ०.३२ प्रतिशतले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2025
Website | + posts