आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार हुँदै

आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, असोज २२ । आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ४ दिन रेकर्ड कायम गर्न सफल भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउ २ हजार ३ सयले बढेको थियो ।

यसैगरी आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2025
Website | + posts