कप्तान रोहितले प्लेयर अफ दि म्याच सहिदलाई समर्पण गरे

कप्तान रोहितले प्लेयर अफ दि म्याच सहिदलाई समर्पण गरे : Icon Khabar

शारजहा, असोज १२ । दुई पटक (सन् २०१२ र २०१६) को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो ।

पौडेलले आफूले पाएको अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गरेका छन् । पौडेलले भने, ‘मेरो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गर्न चाहन्छु ।’

Published Date: 28 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली