बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन, युवाहरू हावामा नकुदौं : ओली

बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन, युवाहरू हावामा नकुदौं : ओली : Icon Khabar

काठमाडौं, असोज ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार र क्लिन हुन आग्रह गरेका छन् । मंगलबार बिहान गुण्डुमा कार्यकर्ताहरूसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कर्मठ युवाहरू हावामा कुद्ने नभइ आफ्नो र देशप्रतिको कर्तव्य बिर्सन नहुने जिकिर गरे ।

‘देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइन । आफ्नो कर्तव्य के हो ? देशप्रतिको कर्तव्य के हो ? समाजप्रतिको कर्तव्य के हो ? पढाइमा कति ध्यान दिने ? जहाँपनि हामीले इमानदार हुन सिक्नुपर्छ, क्लिन हुन सिक्नुपर्छ,’ ओलीले भने, ‘नलेज बढाउने, क्यारेक्टर डेभलप गर्नुपर्छ । सामाजिक सञ्जालको डिजिटल प्लेटफर्ममा सहभागी हुने, त्यसको सदूपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार गर्ने गर्नुपर्छ ।’

जेनजी प्रदर्शनपछि देश बदनाम अवस्थामा पुगेको भन्दै अत्यन्तै जिम्मेवार र सभ्य बनेर यसबाट उठाउन लाग्नुपर्ने बताएका हुन् ।

‘नेपाल एउटा बदनाम अवस्थामा पुगेको छ । त्यसबाट हामीले भन्न सक्नुपर्नेछ, नेपाल इमानदार अवस्थामा छ भनेर । अत्यन्तै जिममेवार र सभ्य मानिसहरूको काँधमा यो कुरा आएको छ,’ उनले भने ।

उनले जेनजी प्रदर्शनका क्रममा मान्छेहरू योजनाबद्ध रुपमा लागेको देखिएको पनि बताए ।

‘उनीहरूको योजनाबद्ध तयारी देखिन्छ । फेरि बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन,’ उनले भने, ‘साँझ पर्‍यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विचार पुर्‍याउनुपर्छ ।’

Published Date: 23 September 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु