म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौं, असोज ३ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ। सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे ।

योसँगै च्याम्पियन्स लिगमा हालान्डको‌ ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्।

दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे। बक्स नजिकै बल पाएका डोकुले तीन नापोली खेलाडीलाई छक्याउँदै गोल गरे।

बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २- १ ले हरायो। बार्सिलोनाका लागि मार्कस राशफोर्डले ५८औँ र ६७औँ मिनेटमा गोल गरे भने न्यूक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए।

पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा काइराट आल्माटीलाई ४- १ ले पराजित गर्‍यो। जर्मन क्लब आइन्त्राख्ट फ्रान्कफर्टले गलातासारेमाथि ५-१ को फराकिलो जित निकाल्यो।

डेन्मार्कमा एफसी कोपेनहेगन र बायर लेभरकुसेनबीचको खेल २-२ को बराबरीमा टुंगियो। बेल्जियमको क्लब ब्रुगले मोनाकोलाई ४-१ ले हराउँदै प्रतियोगितामा बलियो सुरुवात गर्‍यो। – एजेन्सी

Published Date: 19 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी