साफ- यु १७ मा नेपाल र बंगलादेश‌ खेल्दै

साफ- यु १७ मा नेपाल र बंगलादेश‌ खेल्दै : Icon Khabar

काठमाडौँ, असोज २ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशको सामना गर्दैछ।

कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोली श्रीलंकामाथि २-० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

त्यसमा दुबै गोल समिर कुमारले गरेका थिए । त्यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ।

नेपाल च्याम्पियनसिपमा दोस्रो र बंगलादेश पहिलो खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ। जहाँ भारत वा पाकिस्तान मध्ये एक टोलीको सामना गर्नुपर्ने हुनसक्छ।

दुई पटकको च्याम्पियन रहिसकेका बंगलादेश जितेका साथ च्याम्पियनसिपको सुरुवात गर्ने लक्ष्यमा हुनेछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन्। शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकाले आजको नतिजाले समीकरणमा प्रभाव पार्नेछ।

अर्को समूह ‘बी’ मा भारत र पाकिस्तानले आ–आफ्नो पहिलो खेल जितिसकेका छन्। त्यो समूहमा माल्दिभ्स र भुटान पनि छन्।

भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली (६ पटकको च्याम्पियन) हो भने बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन्। नेपाल भने चार पटक फाइनल खेल्दा पनि उपाधि उचाल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2025
Website | + posts




ताजा
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने