साफ- यु १७ मा नेपाल र बंगलादेश‌ खेल्दै

साफ- यु १७ मा नेपाल र बंगलादेश‌ खेल्दै : Icon Khabar

काठमाडौँ, असोज २ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशको सामना गर्दैछ।

कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोली श्रीलंकामाथि २-० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

त्यसमा दुबै गोल समिर कुमारले गरेका थिए । त्यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ।

नेपाल च्याम्पियनसिपमा दोस्रो र बंगलादेश पहिलो खेल खेल्दैछ । आजको खेल जितेमा नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ। जहाँ भारत वा पाकिस्तान मध्ये एक टोलीको सामना गर्नुपर्ने हुनसक्छ।

दुई पटकको च्याम्पियन रहिसकेका बंगलादेश जितेका साथ च्याम्पियनसिपको सुरुवात गर्ने लक्ष्यमा हुनेछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन्। शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकाले आजको नतिजाले समीकरणमा प्रभाव पार्नेछ।

अर्को समूह ‘बी’ मा भारत र पाकिस्तानले आ–आफ्नो पहिलो खेल जितिसकेका छन्। त्यो समूहमा माल्दिभ्स र भुटान पनि छन्।

भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली (६ पटकको च्याम्पियन) हो भने बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन्। नेपाल भने चार पटक फाइनल खेल्दा पनि उपाधि उचाल्न सकेको छैन।

Published Date: 18 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी