आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १८ । आज २०८२ भदौ १८ गते बुधवार, तद्अनुसार तद्अनुसार ०३ सेप्टेम्बर २०२५ । आज भदौ शुक्ल एकादशी, आयुष्मान वणिज पूर्वाषाढा, हरि परिवर्तिनी एकादशी व्रत, सूर्योदय बिहानः ०५ः४३ बजे, सूर्यास्त साँझ १८ः२२ बजे ।

आजको राशिफल

मेष राशि
मेहनतको फल प्राप्त हुनेछ । सामाजिक कार्यमा चासो रहने छ । मान–सम्मान प्राप्त हुनेछ । व्यवसायाबाट लाभ हुनेछ । कुनै प्रभावशाली व्यक्तिसँग परिचय बढ्ने छ । मनोरञ्जनात्मक यात्राको योजना बन्न सक्छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ९

वृष राशि
टाढाबाट सुखद समाचार प्राप्त हुन सक्छ । घरमा पाहुनाको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । बुद्धिको प्रयोग गर्दा लाभ बढ्ने छ । साथीहरूसँग राम्रो समय बित्ने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः ५

मिथुन राशि
नयाँ पहिरन अथवा गहना प्राप्त गर्दा खर्च हुनेछ । यात्रा रमाइलो हुनेछ । दाजुभाइको सहयोग पाइने छ । जोखिम र जमानीका काम टार्नु होला । घर–बाहिर खुशीको वातावरण रहने छ । नयाँ साथीहरू बन्ने छन् । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्न सक्छ । व्यापार लाभदायी रहने छ । शुभ समय छ ।
शुभ रंगः हरियो, शुभ अंकः १

कर्कट राशि
पारिवारिक चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । आवश्यक वस्तु हराउन सक्छ । विवाद बढाउने काम नगर्नु होला । कसैको उक्साहटमा नफस्नु होला । कुनै महत्वपूर्ण निर्णय भावना वा आवेगमा आएर नगर्नु होला । बुद्धिको प्रयोगले लाभ बढाउने छ । आम्दानी निरन्तर रहने छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ६

सिंह राशि
परिवार तथा साथीहरूसँग रमाइलो यात्राको आयोजना हुन सक्छ । रोकिएको पैसा पाउने सम्भावना छ । साथीहरूको सहयोगले अधूरा काम पुरा हुनेछन् । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्न सक्छ । जागिरमा उच्च अधिकारीबाट प्रशंसा पाइने छ । समय अनुकूल छ ।

शुभ रंगः सेतो, शुभ अंकः ९

कन्या राशि
कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना सफल हुनेछ । कारोबारमा वृद्धि गर्ने सोच बन्न सक्छ । पारिवारिक चिन्ता रहने छ । व्यापारबाट लाभ हुनेछ । उत्साह र खुशी रहने छ । स्वास्थ्य राम्रो रहने छ । शुभ समय छ ।
शुभ रंगः आकाशे, शुभ अंकः ७

तुला राशि
धार्मिक स्थलको यात्राको आयोजना हुन सक्छ । सत्सङ्गको लाभ पाइने छ । पारिवारिक सहयोग पाइने छ । घर–बाहिर शान्ति र सुख रहने छ । प्रभावशाली व्यक्तिको मार्गदर्शन पाइने छ । धन प्राप्तिमा आएका अवरोध हट्ने छन् । ऐश्वर्यका साधनमा ठूलो खर्च हुन सक्छ ।

शुभ रंगः गुलावी, शुभ अंकः ९

वृश्चिक राशि
दिनको सुरुवात नै सुखद समाचारबाट हुनेछ । तपाईँको बुद्धि तथा आदर्शवादी स्वभावले महत्वपूर्ण उपलब्धि दिनेछ । बिग्रिएका सम्बन्धहरु सुधारिने छन् । हतारमा कुनै पनि निर्णय नलिनु होला । पारिवारिक माहौल सुखद रहने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ६

धनु राशि
हतारमा काम बिग्रन सक्छ, समस्या बढ्न सक्छ । विरोध हुने सम्भावना छ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ । बाहिर जाने योजना बन्न सक्छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले काम सजिलो हुनेछ । घर–बाहिर सुख–शान्ति कायम रहने छ । जागिरमा सन्तुष्टि रहने छ । व्यापार–व्यवसाय लाभदायी रहने छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ३

मकर राशि
जग्गा, घर, पसल, शोरूम वा कारखाना आदिको खरिद–बिक्रीको सम्भावना छ । ठूलो सम्झौताबाट ठूलो लाभ मिल्ने छ । भाग्य वृद्धिका प्रयास सफल हुनेछ । विवाद बढाउने काम नगर्नु होला । धन प्राप्ति सजिलो हुनेछ । साथीहरूको सहयोग पाइने छ । खुशी रहने छ ।
शुभ रंगः कालो, शुभ अंकः ९

कुम्भ राशि
महँगा वस्तुहरु सुरक्षित राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै शुभकार्यमा सहभागी हुने अवसर पाइने छ । स्वादिष्ट भोजनको आनन्द पाइने छ । परिवारमा खुशी रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः २

मीन राशि
अरूसँग बढी अपेक्षा गर्ने प्रवृत्ति रहने छ । हतारले काममा अवरोध ल्याउने छ । दौडधुप बढी हुनेछ । भइरहेका काममा ढिलाइ हुनेछ । साथीहरूसँग राम्रो समय बित्ने छ । जागिरमा कार्यभार बढ्ने छ । आम्दानी स्थिर रहनेछ।
शुभ रंगः केशरी, शुभ अंकः ६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
ताजा
निर्वाचनको दिन पनि बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौंको चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला, आवतजावत पूर्ण रूपमा बन्द
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो