आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १८ । आज २०८२ भदौ १८ गते बुधवार, तद्अनुसार तद्अनुसार ०३ सेप्टेम्बर २०२५ । आज भदौ शुक्ल एकादशी, आयुष्मान वणिज पूर्वाषाढा, हरि परिवर्तिनी एकादशी व्रत, सूर्योदय बिहानः ०५ः४३ बजे, सूर्यास्त साँझ १८ः२२ बजे ।

आजको राशिफल

मेष राशि
मेहनतको फल प्राप्त हुनेछ । सामाजिक कार्यमा चासो रहने छ । मान–सम्मान प्राप्त हुनेछ । व्यवसायाबाट लाभ हुनेछ । कुनै प्रभावशाली व्यक्तिसँग परिचय बढ्ने छ । मनोरञ्जनात्मक यात्राको योजना बन्न सक्छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ९

वृष राशि
टाढाबाट सुखद समाचार प्राप्त हुन सक्छ । घरमा पाहुनाको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । बुद्धिको प्रयोग गर्दा लाभ बढ्ने छ । साथीहरूसँग राम्रो समय बित्ने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः ५

मिथुन राशि
नयाँ पहिरन अथवा गहना प्राप्त गर्दा खर्च हुनेछ । यात्रा रमाइलो हुनेछ । दाजुभाइको सहयोग पाइने छ । जोखिम र जमानीका काम टार्नु होला । घर–बाहिर खुशीको वातावरण रहने छ । नयाँ साथीहरू बन्ने छन् । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्न सक्छ । व्यापार लाभदायी रहने छ । शुभ समय छ ।
शुभ रंगः हरियो, शुभ अंकः १

कर्कट राशि
पारिवारिक चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । आवश्यक वस्तु हराउन सक्छ । विवाद बढाउने काम नगर्नु होला । कसैको उक्साहटमा नफस्नु होला । कुनै महत्वपूर्ण निर्णय भावना वा आवेगमा आएर नगर्नु होला । बुद्धिको प्रयोगले लाभ बढाउने छ । आम्दानी निरन्तर रहने छ ।
शुभ रंगः गुलावी, शुभ अंकः ६

सिंह राशि
परिवार तथा साथीहरूसँग रमाइलो यात्राको आयोजना हुन सक्छ । रोकिएको पैसा पाउने सम्भावना छ । साथीहरूको सहयोगले अधूरा काम पुरा हुनेछन् । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्न सक्छ । जागिरमा उच्च अधिकारीबाट प्रशंसा पाइने छ । समय अनुकूल छ ।

शुभ रंगः सेतो, शुभ अंकः ९

कन्या राशि
कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना सफल हुनेछ । कारोबारमा वृद्धि गर्ने सोच बन्न सक्छ । पारिवारिक चिन्ता रहने छ । व्यापारबाट लाभ हुनेछ । उत्साह र खुशी रहने छ । स्वास्थ्य राम्रो रहने छ । शुभ समय छ ।
शुभ रंगः आकाशे, शुभ अंकः ७

तुला राशि
धार्मिक स्थलको यात्राको आयोजना हुन सक्छ । सत्सङ्गको लाभ पाइने छ । पारिवारिक सहयोग पाइने छ । घर–बाहिर शान्ति र सुख रहने छ । प्रभावशाली व्यक्तिको मार्गदर्शन पाइने छ । धन प्राप्तिमा आएका अवरोध हट्ने छन् । ऐश्वर्यका साधनमा ठूलो खर्च हुन सक्छ ।

शुभ रंगः गुलावी, शुभ अंकः ९

वृश्चिक राशि
दिनको सुरुवात नै सुखद समाचारबाट हुनेछ । तपाईँको बुद्धि तथा आदर्शवादी स्वभावले महत्वपूर्ण उपलब्धि दिनेछ । बिग्रिएका सम्बन्धहरु सुधारिने छन् । हतारमा कुनै पनि निर्णय नलिनु होला । पारिवारिक माहौल सुखद रहने छ ।
शुभ रंगः हरियो, शुभ अंकः ६

धनु राशि
हतारमा काम बिग्रन सक्छ, समस्या बढ्न सक्छ । विरोध हुने सम्भावना छ । प्रेम सम्बन्धमा अनुकूलता रहने छ । बाहिर जाने योजना बन्न सक्छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले काम सजिलो हुनेछ । घर–बाहिर सुख–शान्ति कायम रहने छ । जागिरमा सन्तुष्टि रहने छ । व्यापार–व्यवसाय लाभदायी रहने छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ३

मकर राशि
जग्गा, घर, पसल, शोरूम वा कारखाना आदिको खरिद–बिक्रीको सम्भावना छ । ठूलो सम्झौताबाट ठूलो लाभ मिल्ने छ । भाग्य वृद्धिका प्रयास सफल हुनेछ । विवाद बढाउने काम नगर्नु होला । धन प्राप्ति सजिलो हुनेछ । साथीहरूको सहयोग पाइने छ । खुशी रहने छ ।
शुभ रंगः कालो, शुभ अंकः ९

कुम्भ राशि
महँगा वस्तुहरु सुरक्षित राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै शुभकार्यमा सहभागी हुने अवसर पाइने छ । स्वादिष्ट भोजनको आनन्द पाइने छ । परिवारमा खुशी रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः २

मीन राशि
अरूसँग बढी अपेक्षा गर्ने प्रवृत्ति रहने छ । हतारले काममा अवरोध ल्याउने छ । दौडधुप बढी हुनेछ । भइरहेका काममा ढिलाइ हुनेछ । साथीहरूसँग राम्रो समय बित्ने छ । जागिरमा कार्यभार बढ्ने छ । आम्दानी स्थिर रहनेछ।
शुभ रंगः केशरी, शुभ अंकः ६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts