नेपाल टेलिकमको सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न

नेपाल टेलिकमको सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न : Icon Khabar

काठमाडौं, भदौ १८ । नेपाल टेलिकमको कलर रिङब्याक टोन (सिआरबिटी) सेवामा प्राविधिक समस्या उत्पन्न भएको छ ।

टेलिकमले मंगलवार साँझ जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार उक्त सेवामा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको व्यहोरा जानकारी गराएको छ ।

टेलिकमले यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts