गाजामा इजारायली सेनाको आक्रमणमा परी ४ पत्रकारको मृत्यु

गाजामा इजारायली सेनाको आक्रमणमा परी ४ पत्रकारको मृत्यु : Icon Khabar

काठमाडौं, भदौ ९ । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमामा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुन: इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो ।

इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुँवा उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरापर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।

मृत्यु हुने अन्य पत्रकारमा अल जजीरामा कार्यरत मोहम्मद सलामेह, एपीमा कार्यरत मरियम अबू दका र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मुआथ अबू ताहा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2025
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?