गाजामा इजारायली सेनाको आक्रमणमा परी ४ पत्रकारको मृत्यु

गाजामा इजारायली सेनाको आक्रमणमा परी ४ पत्रकारको मृत्यु : Icon Khabar

काठमाडौं, भदौ ९ । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमामा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुन: इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो ।

इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुँवा उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरापर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।

मृत्यु हुने अन्य पत्रकारमा अल जजीरामा कार्यरत मोहम्मद सलामेह, एपीमा कार्यरत मरियम अबू दका र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मुआथ अबू ताहा रहेका छन् ।

Published Date: 25 August 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न