वीरगन्जमा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलियो, आज दिउँसोसम्ममा ५४ जना अस्पताल भर्ना

वीरगन्जमा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलियो, आज दिउँसोसम्ममा ५४ जना अस्पताल भर्ना : Icon Khabar

वीरगन्ज, भदौ ८ । वीरगन्ज मा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ वीरगन्जको तराई अस्पतालमा झाडापखाला लागेर उपचाररत तीन जना बिरामीमा हैजा देखिएको हाे ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा ५४ जना झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरूमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरू अस्पतालमा नै रहनु भएको र केही परीक्षणको रिपोर्ट नआएकाले एकिन सङ्क्रमितको सङ्ख्या साँझमा निश्चित हुने उनले बताए।

वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा करिब एक सय पचास जना झाडापखाला तथा हैजा पुष्टि भएका बिरामीको उपचार चलिरहेको छ । सबैभन्दा बढी बिरामीको घुइँचो भने नारायणी अस्पतालमा छ ।

नारायणी अस्पतालमा हैजा पुष्टि भएका २५ जना र झाडापखालाका गरी ४५ जना बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । त्यसैगरी तराई अस्पतालका १२ जना बिरामीको पनि हैजाको उपचार भइरहेको छ ।

यस्तै, नेसनल मेडिकल कलेजमा ६ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने वीरगन्ज हेल्थ केयर अस्पतालमा ३ जनामा हैजा सङ्क्रमण पुष्टि भएका बिरामी उपचाररत छन् । यसैगरी, भवानी अस्पताल, अली अर्थो ट्रमा सेन्टर, नारायणी सेन्ट्रल अस्पताल र मङ्गलम अस्पतालमा २-२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

सबैभन्दा बढी नारायणी अस्पतालमा करिब ४५-५० जना, तराई अस्पतालमा ३५-४० जना र वीरगन्ज हेल्थकेयर अस्पतालमा करिब ३० जना तथा एडभान्स अस्पतालमा १४ जना, नेसनल मेडिकल कलेजमा १४ जना झाडापखाला एवं हैजाका बिरामी अहिले पनि उपचाररत छन् ।

शुक्रबार राति करिब ३० जना झाडापखालाका बिरामी उपचाररत थिए र शनिबार रातिसम्म ९२ जना बिरामी उपचाररत थिए । आइतबार बिहानसम्ममा त्यो सङ्ख्या १ सय २९ पुगेको थियो भने आइतबार दिउँसोसम्ममा झाडापखाला तथा हैजाका बिरामीको सङ्ख्या एक सय पचासभन्दा माथि छ ।

अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा ११, १२, १६ र १८ का रहेका छन् । हैजा सङ्क्रमण पुष्टि भएर अस्पतालमा उपचाररत एक जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको उपचार भइरहेको छ ।

हैजा सङ्क्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा यसैबाट हैजा फैलिएको हो भन्ने यकिन जानकारी कहि कतैबाट आउन सकेको छैन ।

Published Date: 24 August 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न