उपसभामुख जोडिएको बालमन्दिरको विषयमा सीआईबीले थाल्यो अनुसन्धान

उपसभामुख जोडिएको बालमन्दिरको विषयमा सीआईबीले थाल्यो अनुसन्धान : Icon Khabar

काठमाडौं, भदौ ८ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपसभामुख इन्दिरा राना जोडिएको बालमन्दिरका बालबालिकाको अवैध ओसारपसारबारे अनुसन्धान थालेको छ । राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको जानकारी दिएका छन् । उनले भने, ‘विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आएका छन् । यसबारे भएको के हो भनेर चासो राखेका छौँ । हामी हेर्दैछौँ ।’

मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, ‘बच्चाहरू कहाँ छन् ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको छ ।’

२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्व न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख गरेकी छन् ।

समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृह मन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।

Published Date: 24 August 2025
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय