उपसभामुख जोडिएको बालमन्दिरको विषयमा सीआईबीले थाल्यो अनुसन्धान

उपसभामुख जोडिएको बालमन्दिरको विषयमा सीआईबीले थाल्यो अनुसन्धान : Icon Khabar

काठमाडौं, भदौ ८ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपसभामुख इन्दिरा राना जोडिएको बालमन्दिरका बालबालिकाको अवैध ओसारपसारबारे अनुसन्धान थालेको छ । राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको जानकारी दिएका छन् । उनले भने, ‘विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आएका छन् । यसबारे भएको के हो भनेर चासो राखेका छौँ । हामी हेर्दैछौँ ।’

मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, ‘बच्चाहरू कहाँ छन् ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको छ ।’

२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्व न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख गरेकी छन् ।

समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृह मन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने