ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता

ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता : Icon Khabar

वासिङ्टन, भदौ ४ । ह्वाइट हाउसले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समय सीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ ।

यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उहाँको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।

पहिलो भिडियो सार्वजनिक भएको केही घण्टामै खाताले ५७ हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यद्यपि गत वर्ष चुनावी अभियानका लागि प्रयोग गरिएको टिकटक खातामा एक करोड ५० लाखभन्दा बढी फलोअर्स रहेका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

आदेशअनुसार, बाइटडान्सले आफ्नो अमेरिकी अपरेसन कुनै अमेरिकी कम्पनीलाई नबेचेसम्म एपलाई सञ्चालन गर्न नपाउने व्यवस्था थियो । तर कानूनी चुनौतीका कारण आदेश कार्यान्वयन भएन । दोस्रो कार्यकालपछि ट्रम्पले यस एपलाई समय दिने निर्णय गर्दै दुई पटक समयसीमा बढाउनुभएको छ । पहिलो पटक जनवरी २० मा र दोस्रो पटक अप्रिल ४ मा, दुवै पटक ७५ दिनका लागि ।

त्यसपछि जुन १९ मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा थप ९० दिन सञ्चालनको अनुमति दिनुभयो । यो समय सीमा सन् २०२५ सेप्टेम्बर १७ सम्म कायम हुने छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने