ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता

ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता : Icon Khabar

वासिङ्टन, भदौ ४ । ह्वाइट हाउसले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समय सीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ ।

यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उहाँको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।

पहिलो भिडियो सार्वजनिक भएको केही घण्टामै खाताले ५७ हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यद्यपि गत वर्ष चुनावी अभियानका लागि प्रयोग गरिएको टिकटक खातामा एक करोड ५० लाखभन्दा बढी फलोअर्स रहेका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

आदेशअनुसार, बाइटडान्सले आफ्नो अमेरिकी अपरेसन कुनै अमेरिकी कम्पनीलाई नबेचेसम्म एपलाई सञ्चालन गर्न नपाउने व्यवस्था थियो । तर कानूनी चुनौतीका कारण आदेश कार्यान्वयन भएन । दोस्रो कार्यकालपछि ट्रम्पले यस एपलाई समय दिने निर्णय गर्दै दुई पटक समयसीमा बढाउनुभएको छ । पहिलो पटक जनवरी २० मा र दोस्रो पटक अप्रिल ४ मा, दुवै पटक ७५ दिनका लागि ।

त्यसपछि जुन १९ मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा थप ९० दिन सञ्चालनको अनुमति दिनुभयो । यो समय सीमा सन् २०२५ सेप्टेम्बर १७ सम्म कायम हुने छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2025


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी